aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ मंसिर २०७९
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका-४ चप्पल कारखानास्थित सडकमा ना.३ ख ५२४७ नम्बरको ट्रकले बाप्र ०३-०२-००६ प ९६२७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा ढोरी घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४५ वर्षीय कुमार राई र मोटरसाइकलमा सवार उनकी श्रीमती ३८ वर्षीय मेनुका राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर  घाइते भएका उनीहरूको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देही, तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित सडकमा लु.४४ प ८२०१ नम्बरको मोटरसाइकललाई लु.१ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने गाडी) ले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सैनामैना नगरपालिका(१ रानिबगिया बस्ने ३६ वर्षीय नर बहादुर कँडेलको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधन र रेडिमिक्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रे, नमोबुद्द नगरपालिका-६ चरङ्गेफेदीस्थित सडकमा रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ३-०१-००५ ख ९५६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय चण्डेश्वर न्यौपानेको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

धनुषा, मिथिला नगरपालिका-७ ढल्केबरस्थित सडकमा ढल्केबरबाट लक्ष्मीनिवासतर्फ जाँदै गरेको प्र.२-०२-००५ प ७८५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बर्दिया, राजापुर नगरपालिका-४ स्थित सडकमा भे.२ त १००० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-३ उत्तर टेडिया बस्ने १९ वर्षीय किशोर थारुको घटनास्थलमै मृत्यु भएको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-९ वीरगंज पथलैया सडकको छातापिपरा चोकमा वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्रकको ठक्करबाट पैदलयात्री सर्लाही ईश्ववरपुर नगरपालिका-१५ बस्ने २८ वर्षीय मनोज माझीको मृत्यु भएको छ । बिहीबार राति उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो परवानीपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । 

दुर्घटनामा शंकास्पद ना.६ ख ५८८१ नम्बरको ट्रक र चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस