कास्की । हल्ट प्राइज पोखरा विश्वविद्यालयको २०२२-२०२३ का लागि दर्ता कार्यक्रम शुरू भएको छ। शुक्रबारदेखि दर्ता कार्यक्रम खुल्ला गरेको उक्त कार्यक्रममा ६ सम्भन्ध प्राप्त विद्यालय र पोखरा विश्वविद्यालयका ४ आङ्गिक विद्यालय गरेर कुल १० विद्यालयहरुले सहभगिता जनाएका छन् । कार्यक्रमका क्याम्पस डायरेक्टर सूरज राज केशरीका अनुसार २०२२-२०२३ को कार्यक्रमलार्इ अगाडि बढाउन उत्साहित रहेको बताए ।
विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।
२०२३ को हल्ट प्राइज च्यालेन्ज रिडिजाइनिङ्ग फेसन रहेको छ। यस कार्यक्रममा बिस्वका बिश्वबिधालयको सहभगिता रहेको हुन्छ नेपालका पनि बिस्वविद्यालयले यस कार्यक्रममा सहभगिता जनाएका छन् । यस कार्यक्रमको बिजेताले १ मिलियन अमेरिका डलर प्राप्त गर्ने छ्न्।
प्रतिक्रिया दिनुहोस