
काठमाडौं । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान सुरु हुने भएको छ । करिब एक सातासम्म हुने यान्त्रिक उडानका लागि थाइल्यान्डको एरो–नटिकल रेडियो अफ थाइल्यान्ड ९एरोथाई०को जहाज पोखरा पुगिसकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबारदेखि परीक्षण उडान थाल्ने एरोथाईको टोलीले सात दिन पोखराको आकाशमा उडेर त्यहाँ जडान भएका उडानसम्बन्धी उपकरण तथा प्रविधिको जाँच गर्नेछ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पुस १७ गतेदेखि नियमित उडान सुरु गर्ने लक्ष्य लिएको यो विमानस्थलमा सोमबारदेखि नियमित र यान्त्रिक उडान हुने बताए । उनले भने, ‘सोमबार बिहान १० बजेसम्म पोखरा विमानस्थलमा नियमित उडान हुनेछन् भने १० बजेदखि १ बजेसम्म र २ः३० देखि बेलुका ५ बजेसम्म परीक्षण उडान हुनेछ ।”एरोथाईको टोलीले दैनिक पाँच घण्टा विमानस्थलमा जडान भएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे नगरेको परीक्षण गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस