aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेकपा बहुमतका कार्यकर्ताले चुनाव विथोल्ने गतिविधि गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
नेकपा बहुमतका कार्यकर्ताले चुनाव विथोल्ने गतिविधि गरे
qGVWLtLTFL0

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलबाट चुनाव बहिष्कारको नारा लगाइरहेको ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नेपाल कम्यनिष्ट पार्टी(बहुमत) धर्मेन्द्र बास्तोला समूहका कार्यकर्ता रहेको  बताइएको छ । समूहका संयोजक बास्तोलाइ सहति पक्राउ पर्नेहरुमा २ जना महिला र ५ जना पुरुष रहेको छ । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । त्यस्तै, दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ स्थित अमर माविमा हवाई फायर, मतदान स्थगित रहेको छ । मतदान केन्द्रमा मतपेटिका फुटाउने ३ जना पक्राउ, लगत्तै अनुसन्धान थाल्ने प्रहरीका जानकारी छ । 


प्रतिक्रिया दिनुहोस