काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद कुमार चौधरीबाट नवलपरासी पश्चिम क्षेत्र न. १ मा उत्साहजनक रूपमा मतदान शुरू भएको फेसबुकमा स्टाटस लेखेका छन। अर्बपति चौधरी र संसदीय राजनीतिका खेलाडी हृदयेश त्रिपाठी लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीमा भिडेका छन ।
चौधरी, एसअघि पहिलो एमाले र दोस्रो चोटि कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । चौधरी पहिलो चोटी प्रत्यक्ष चुनावी मैदानमा उत्रिएपछि २०४८ यता पटक–पटक चुनाव जित्दै आएका राजनीतिक खेलाडी त्रिपाठीलाई निकै चर्को पर्ने देखिन्छ । खर्बपति चौधरी कांग्रेस उम्मेदवार हुन् । चुनावका बेलामा एक वटा पेट्रोलपम्प नै फ्रि गरेका चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा तीन स्थानमा भोजभतेरको आयोजना समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस