काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले धार्मिक प्रचलनअनुसार साइत हेराएर मतदान गरेका छन् । उनले आइतबार बिहान ११ बजेको मतदान गर्ने शुभ साइतमा रहेको भन्दै उनले ११ बजे मतदान गरेका हुन् ।
राप्रपाका अध्यक्ष लिङ्देन झापा–३ मा उम्मेदवार छन् । झापाको हल्दिवारी गाउँपालिका वडा नं १ को वडा कार्यालय मतदान केन्द्रमा उनी मत खसाल्न पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस