aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

निर्वाचनमा उत्साह देखिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९
निर्वाचनमा उत्साह देखिएन

काठमाडौं । देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोग जनाएको छ  । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा  देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । 

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन। साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए । 

ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान भएको छ । 

त्यस्तै, सिन्धुपाल्चोकमा १ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।  आज जारी मतदानका क्रममा जिल्लामा अपराह्न १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताउनुभयो । ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो । दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन् । 

प्रतिक्रिया दिनुहोस