काठमाडौं । झापा–३ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमालेको समर्थन रहेका उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच मतदानका क्रममा जम्काभेट भएको छ । एक–अर्कामा चुनावी प्रतिस्पर्धा कडा भएपनि दुबैले एक अर्कामा अभिवादन गरेका थिए। दुबै जनाले एक–अर्कालाई जितको शुभकामना दिएका छन्।
प्रतिक्रिया दिनुहोस