काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले गोरखाको शहिद लखन गाउँपालिकास्थित रामेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
उनले निर्वाचनमा जनतामा कम उत्साह देखिएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विगत ३१ वर्षदेखिका निर्वाचनहरुमा सहभागी वा चासो राख्दै आएको छु । यसपटक जनतामा निकै कम उत्साह देखियो ।’
प्रतिक्रिया दिनुहोस