aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

विश्वकप फुटबलको भव्य उद्घाटनः आयोजक कतार पराजित

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • सोमबार, ०५ मंसिर २०७९
विश्वकप फुटबलको भव्य उद्घाटनः आयोजक कतार पराजित

काठमाडौं । आयोजक कतार विश्वकप फुटबलको उद्घाटन खेलमा पराजित भएको छ । ऊ इक्वेडरसँग २–० ले पराजित भएको हो । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

भव्य उद्घाटन
फिफा विश्वकप कतार २०२२ को आइतबार राति एक समारोहीच भव्य उद्घाटन भएको थियो । कतार र इक्वेडर भिड्नुअघि ३० मिनेट चलेको उद्घाटन सत्रमा विभिन्न ७ प्रस्तुति देखाइएको थियो । कतारको अलखोरस्थित अल बेयत रंगशालामा हुने समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल–कुबाइसीले प्रस्तुति दिनेछन् ।

उद्घाटन समारोहमा एकताको संदेश दिने प्रस्तुति देखाइएको थियो । प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व रहेको थियो । सयौंको संख्यामा रहेका कलाकारले प्रस्तुति दिएका थिए ।

यसपटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । फाइनल ३ पुसमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक जाडो मौसममा विश्वकप हुँदै छ ।

अहिलेसम्म विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले उपाधि जितेका छन् । अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटाली र जर्मनी ९पश्चिम जर्मनीसहित० समान ४ पटक तथा उरुग्वे, अर्जेन्टिना र फ्रान्सले समान पटक विश्वकप जितिसकेका छन् । इंग्ल्यान्ड र स्पेनले समान १ पटक विश्वकप जितेका छन् । अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन् । पाँच राष्ट्र फाइनलमा पुगेर असफल भएका छन् ।

चेकोस्लोभाकिया, हंगेरी, स्विडेन, नेदरल्यान्ड्स क्रोएसियाले विश्वकप फाइनलमा पुगेर पनि उपाधि जित्न सकेका छैनन् । आयोजकको हैसियतले सोझै विश्वकप खेल्न लागेको खाडी मुलुक कतारले चुनौतीका बावजुत विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरिसकेको छ । विश्वकपको इतिहासमा पहिलोपल्ट जाडोको मौसममा विश्वकप हुँदै छ । कतारमा अत्यधिक गर्मी हुने भएकाले यसपटक विन्टरमा विश्वकप हुन लागेको हो ।  

प्रतिक्रिया दिनुहोस