aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कास्की–२ मा रवि लामिछानेको पार्टी अघिअघि, एमाले पछिपछि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
कास्की–२ मा रवि लामिछानेको पार्टी अघिअघि, एमाले पछिपछि

काठमाडौं । कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा जारी मतगणनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । यहाँ जारी मतगणनाको पछिल्लो अपडेट अनु्सार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता लिएका छन्। उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छ न्।

कँडेलले १६२ मत प्राप्त गर्दा एमालेकी भट्टराईले १२२ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ११० मत ल्याएका छन् ।

२०७४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट एमालेका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। उनको निधनपछि भएको उपनिर्वाचनमा अधिकारी पत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस