काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत विभिन्न जिल्लाहरुमामत गणना शुरु भएको छ । मतगणना सँगै प्रारम्भिक मतपरिणाम पनि आउन थालेको छ । त्यस्तै क्रममा ललितपुर क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा देखिएका छन् ।
हालसम्म सूर्यले १३१७ मत ल्याएको छ भने स्वतन्त्र उम्मेदवारको लौरोले ८९७ मत ल्याएको छ । त्यस्तै, गठबन्धनका उम्मेदवारले ७७७ मत मात्रै पाएका छन् । राप्रपाको हलोले ६७६ र घण्टीले ३९० मत पाएको छ ।
प्रतिक्रिया दिनुहोस