काठमाडौं । ललितपुर ३ एमालेका उम्मेदवारले ३९९ मत पाउदा गठबन्धनका उम्मेदवारले जम्मा १ मत पाएकी छिन् । त्यस्तै, घण्टीले ९९ सय मत पाएको छ । ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीबीच मुख्य प्रतिस्पर्धा हुने छ । ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालय र ३ को गणना जावलाखेलको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा भइरहेको हो ।
ललितपुर क्षेत्र नम्बर ३ को पनि मतगणना सुरु भएको छ । यसअघि नै क्षेत्र नम्बर २ को मतगणना सुरु भइसकेको छ । जहाँ एमालेका उम्मेदवारले अग्रता बनाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछ्याइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस