aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

भारतमा डिम्याट खाता खोल्ने १० करोड ४० लाख पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
भारतमा डिम्याट खाता खोल्ने १० करोड ४० लाख पुगे

एजेन्सी । भारतमा शेयर बजारमा लगानी गर्नेको संख्या बढ्दै गएको छ । यसको फलस्वरूप, अक्टोबर २०२२ मा, डिम्याट खाताहरूको संख्या बढेर १० करोड ४० लाख पुगेको छ। गत वर्षको अक्टोबरसम्म डिम्याट खाताको संख्या ७ करोड ४० लाख थियो । अर्थात् पछिल्लो १ वर्षमा डिम्याट खाताको संख्या ४१ प्रतिशतले बढेको छ ।

मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसेजको प्रतिवेदन अनुसार डिम्याट खाताको वृद्धिको गति भदौ महिनादेखि लगातार घटिरहेको छ । अगस्टमा २६ लाख नयाँ खाताहरू थपिएका थिए ।  जुन सेप्टेम्बरमा २० लाख र अक्टोबर २०२२ मा मात्र ज्ञड लाखमा घट्यो। अक्टोबर २०२१ मा ३६ लाख डिम्याट खाता खोलिएको थियो।

एशियाको पहिलो र एकमात्र सूचीबद्ध डिपोजिटरी सीडीएसएलका अनुसार आर्थिक वर्ष २०२२(२३ को जुलाई-सेप्टेम्बरको त्रैमासिकमा ४८ लाखभन्दा बढी नयाँ डिम्याट खाताहरू खोलिएका छन्।
 

प्रतिक्रिया दिनुहोस