काठमाडौं । कास्की जिल्लाको निर्वाचन क्षेत्र नं २ मा जारी मतगणनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रतालाई फराकिलो बनाएको छ । यहाँ जारी मतगणनाको पछिल्लो अपडेट अनु्सार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता लिएका छन्।
उनलाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छ न् ९२०० मत गणना भइसक्दा कँडेलले ३३८९ मत प्राप्त गर्दा एमालेकी भट्टराईले २०११ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले १९४४ मत ल्याएका छन् । राप्रपाले १८०२ मत ल्याएको छ । २०७४ को निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट एमालेका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए। उनको निधनपछि भएको उपनिर्वाचनमा अधिकारी पत्नी विद्या भट्टराई निर्वाचित भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस