aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ललितपुर–३ मा घण्टीले उछिन्यो पम्फा भुसाललाई, एमाले पहिलो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
ललितपुर–३ मा घण्टीले उछिन्यो पम्फा भुसाललाई, एमाले पहिलो

काठमाडौं । ललितपुरको क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी नेकाि (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसाल तेश्रो नं.मा रहेकी छिन् । नेकपा (एमाले)का उम्मेदवार अमृत खड्का पहिलो र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की दोस्रो स्थानमा हुँदा भुसाल तेश्रो स्थानमा रहेकी हुन् । 

एक हजार मत गन्दा एमालेका खड्काले ४९७ मत,राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीले २८६ मत र माओवादीकी भुसालले १०९ मत ल्याएकी छिन् । राप्रपा निरन्जन थापाले ४५ मत, नेमकिपाका निरज लबजुले २२ मत, हाम्रो नेपाली पार्टीका राजाराम दण्डुकार १६ मत ल्याएका छन् ।    

प्रतिक्रिया दिनुहोस