काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र चर्चित युवा नेता सागर ढकाल चुनावमा उठेको डडेल्धुरा क्षेत्र नं १ को मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार मतपेटिका मतगणना स्थलसम्म पुग्ने क्रम जारी रहेको र सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ । मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ । उक्त क्षेत्रमा नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस