काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ । १६५ प्रत्यक्ष तर्फको निर्वाचन क्षेत्रमध्ये ३१ स्थानको मतगणनाको प्रारम्भिक मतपरिणाहरु पनि आउन थालेका छन् ।
मुस्ताङमा नेपाली कागे्रसले जित निकालिसकेको छ । मुस्ताङमा एमाले उम्मेदवारलाई पराजित गर्दै कांग्रेसले जित निकालेको छ । मतपरिणामको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेले अग्रता बनाइरहेको छ । एमालेले १२ स्थानमा अग्रता बनाउँदा नेपाली कांग्रेसले ६ स्थानमा अग्रता बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ५ स्थानमा अग्रता बनाएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ र जनमत पार्टीले दुई स्थानमा अग्रता लिइरहेको छ । माओवादीले एक स्थानमा अग्रता लिइरहेको छ । त्यस्तै नागरिक उन्मूक्ति पार्टीले २ स्थानमा अग्रता लिएको छ ।
नेपाली कांग्रेसले भक्तपुर २, काठमाडौं १, काठमाडौं ४, चितवन १, मकवानपुर १, काठमाडौं १० र सुर्खेत २ गरेर सात स्थानमा अगाडि छ । एमालेले हालसम्म झापा २, धनुषा ३, ललितपुर १, ललितपुर २, ललितपुर ३, काठमाडौं ३, काठमाडौं ९, बाँके ३, दाङ ३, बारा १, दैलेख १ र चितवन २ गरी १२ स्थानमा अग्रता लिएको छ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि यही निर्वाचनबाट उदय हुने देखिएको छ । हालसम्म झापा ४, काठमाडौं ६, काठमाडौं ७, काठमाडौं ८ र कास्की २ गरेर पाँच स्थानमा अग्रता लिएको छ। माओवादी केन्द्र सर्लाही ३, नेकपा एस धादिङ जनमत पार्टी सप्तरी १ र सप्तरी २, राप्रपाले भक्तपुर १ र झापा ३, नागरिक उन्मुक्तिले कैलाली १, लोसपाले रुपन्देही ४ मा अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस