aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं १ मा  मिश्रको अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
काठमाडौं १ मा  मिश्रको अग्रता

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिएका छन । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिएका छन । उनलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार ३०३ मत पाएका छन ।

 नेकपा (एमाले) का किरण पौडेलले एक हजार ४४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले एक हजार ३६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले एक हजार ६६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार छन । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस