aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीले निर्वाचना धाधली गरे पुनःमतदान हुनुपर्छ : एमाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ मंसिर २०७९
पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीले निर्वाचना धाधली गरे पुनःमतदान हुनुपर्छ : एमाले

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र रूकुम पश्चिममा पनि पुनः मतदान गर्न एमालेले माग गरेको छ । उक्त क्षेत्रको ७ वटा मतदान केन्द्रमा धाधली भएको भन्दै पुनः मतदान गर्न माग गरिएको हो । त्यस्तै, नेकपा एमालेले देशका चार वटा निर्वाचन क्षेत्रमा पुन मतदान गर्न माग गरेको छ । 

एमालेले गोरखा–२ मा जहा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवार रहेका छन् । एमालेले स्याङ्जा–२, रूकुम पश्चिममको सात वटा मतदान केन्द्र र दोलखाको तामाकोशी, कालिन्चोक, गौरीशंकर, बैत्यश्वर, मेलुङ र शैलुङ गाउँपालिकाका ७ वटा बुथ गठबन्धने कब्जामा लिएर एकलौटी मतदान गरेको भन्दै पुनः मतदान गर्न माग गरेको छ ।

यस्तै स्याङ्जा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतदान गर्न माग गरेको छ । उक्त क्षेत्रकी उम्मेदवार पद्मा अर्यालले पुनः मतदान गर्न माग गरेकी छिन् । 

प्रतिक्रिया दिनुहोस