aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

१८ वटाले शेयरधनीलाई लाभांश दिने घोषणा गरे

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, ०६ मंसिर २०७९
१८ वटाले शेयरधनीलाई लाभांश दिने घोषणा गरे

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना शेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैंक, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।

अहिलेसम्म प्रभु बैंक,बैंक अफ काठमाण्डू, एभरेस्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक र मेगा बैंक नेपाल लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस