काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा प्रतिस्पर्धीभन्दा चारगुणा मतले अघि देखिएका छन् ।
पछिल्लो मत परिणामअनुसार प्रचण्डले तीन हजार ७८५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरुले एक हजार कटाउन सकेका छैनन् ।
प्राप्त मत परिणामअनुसार प्रचण्डका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले ९३५ मत प्राप्त गरेका छन् भने एमालेका अब्दुस मियाँले ८६४ मत प्राप्त गरेका छन् ।
गोरखा २ मा समानुपातिक तर्फपनि माओवादी केन्द्र अगाडि देखिएको छ ।
समानुपातिक तर्फ माओवादीले १ हजार ७ सय ९४ मत प्राप्त गरेको छ भने कांग्रेसले १ हजार ६३, एमालेले २९० र राष्ट्रिय स्वतन्त्र पार्टीले २७४ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस