काठमाडौं । सुनसरी क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेको विजयकुमार गच्छदार तेस्रो स्थानमा देखिएको छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्। अहिलेसम्म २ हजार ६९३ मतगणना हुँदा स्वतन्त्रका कमल मैनालीले ८२९ मत प्राप्त गर्दै अग्रतामा लिएका छन।
यस्तै, दोस्रोमा नेकपा एमालेकी भगवती चौधरी छन । उनको ७३४ मत प्राप्त भएकी छिन । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदारले भने ५३६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। अहिलेसम्म ११३ मत बदर भएको छ।
प्रतिक्रिया दिनुहोस