aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रौतहट–१ मा माधव नेपाललाई एमालेका गुप्ताको टक्कर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
रौतहट–१ मा माधव नेपाललाई एमालेका गुप्ताको टक्कर

काठमाडौं । रौतहटको क्षेत्र नं. १ मा नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (एमाले)का अजयकुमार गुप्ताले कडा टक्कर दिएका छन् । यद्यपी नेपालको अग्रता भने कायमै छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ५ हजार ४४५ मत प्राप्त गर्दा एमालेका अजयकुमार गुप्ताले ४ हजार ८७३ मत प्राप्त गरेका छन् । यहाँ नेपाल र गुप्ताबीचको मतान्तर ५७२ मात्रै छ ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि गुप्ताले विजय गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमको तर्फबाट नेपालसँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला नेपालसँग पराजित बनेका गुप्ता यसपालि एमाले प्रवेश गरी पुरानो हारको बदला लिने दाउमा छन् ।

०७० को निर्वाचनमा नेपालसँग जम्मा ३ सयको मतान्तरले हारेका गुप्ता ०७४ सालको स्थानीय चुनावमा जनता समाजवादी पार्टी (जसपा)  का तर्फबाट गौर नगरपालिकाको मेयरमा विजयी भएका थिए । 

रौतहट १ मा अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार नेपाल र गुप्ताबीचको प्रतिस्पर्धामा निकै पछि परेका छन् ।   
 

प्रतिक्रिया दिनुहोस