aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

चितवनमा  क्षेत्र नम्बर १ शेयर बजारका ढकालले पूर्वअर्थमन्त्री र अर्थविदलाई पछि पार्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
चितवनमा  क्षेत्र नम्बर १ शेयर बजारका ढकालले पूर्वअर्थमन्त्री र अर्थविदलाई पछि पार्दै

काठमाडौं । प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार  क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा शेयर बजारका सक्रिय लगानीकर्ता हरि ढकाल अग्रस्थानमा रहेका छन । 

उनले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता तथा राष्टिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्वनाथ पौडेलले तीन हजार आठ सय ८५ मत प्राप्त गरेका छन । यस्तै नेकपा (एमाले)का उम्मेदवार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले तीन हजार आठ सय ८४ मत प्राप्त गरेका छन । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८ दशमलव ७३ प्रतिशत मत खसेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले अग्रता कायम राख्नुभएको छ । सात हजार ४१ मत गणना गर्दा उहाँले दुई हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले दुई हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई  हजार २२७  मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा  ६७ दशमलव तीन प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ३ मा  राप्रपाका विक्रम पाण्डेले अग्रता लिनुभएको छ । उहाँले दुई हजार तीन सय ५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार तीन सय ४९ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी दुई हजार दुई सय १४ मत प्राप्त गर्नुभएको छ ।

नौ हजार छ सय ४० मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले दुई हजार ७८ मत प्राप्त गर्नुभएको  छ । यो मत परिणाम बिहान  ६ः४० बजे सम्मको हो । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा  ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिनुभयो । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । 

प्रतिक्रिया दिनुहोस