aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कैलाली क्षेत्र १, २, ३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
कैलाली क्षेत्र १, २, ३ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अगाडि

कैलाली । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जारी मतगणनामा अग्रता लिइरहेको छ ।  मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाएकी छिन । उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरेका छन । क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहेका छन ।

 क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ । आज बिहानसम्मको जारी मतगणनामा सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले १३ हजार आठसय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार एकसय ६२ मतसहित पछ्याइरहेका छन । 

  निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाएका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिनेका छन । कांग्रेसका बलायरले तीन हजार चारसय ७३ मत पाउँदा भट्टले तीन हजार चारसय ९४ मत पाएका छन ।

निर्वाचन क्षेत्र ५ ९धनगढी क्षेत्र०को मतगणना अहिले बिहान ८ बजेबाट गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । र्वदलीय÷सर्वपक्षीय बैठकमा सहमति बन्न नसकेपछि सुरु हुन नसकेपछि यो क्षेत्रको मतगणना ढिलो गरी सुरु हुन लागेको हो । 

बैठकमा वडातह अनुसारको मतपेटिकाको मत गणना गर्नुपर्ने मागमा सहमति जुट्न सकेको थिएन । निर्वाचनको मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि विभिन्न दलका कार्यकर्ताले सोमबार नाराबाजीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस