aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

ईश्वर पोखरेललाई पछि पर्दै कांग्रेसका पौडेलको अग्रता कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
ईश्वर पोखरेललाई पछि पर्दै कांग्रेसका पौडेलको अग्रता कायमै

काठमाडौं । काठमाडौं ।निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन्  । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले एक हजार आठ सय १६ मत अन्तरले अग्रता लिएका हुन्  ।

अठार हजार सात सय ९७ मत गणना हँुदा नेता पौडेलको छ हजार एक सय ८१ मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार ईश्वर पोखरेलको चार हजार तीन सय ६५ प्राप्त गरेका छन् यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस