नवलपरासी । नवलपरासी पश्चिमको क्षेत्र नं १ का नेपाली कांग्रेस उम्मेदवार तथा डलर अर्बपति विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् । चौधरीले झिनो मतले अग्रता कायमै राखेका छन ।
रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि छन् । चौधरीले ३३५८ र रास्वपाका ठकुरीले ३ हजार ५१ मत पाएका छन् । जप्रपाका त्रिपाठीको मत २ हजार ५६८ छ । नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस