aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मकवानपुरमा बाँनिया  र थापाको मतान्तर बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
मकवानपुरमा बाँनिया  र थापाको मतान्तर बढ्दै

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ ।  नेपाली काँग्रेसका वागमती प्रदेश सभापति तथा वागमति प्रदेश २ (ख) का उम्मेदार इन्द्रबहादुर बानियाले मतान्तर बढाएका छन् । मकवनपुर २ (ख) मा १२१५९ मत गणना गर्दा बानियाले ६२५७ मत पाएका छन् भने उनलाई नेकपा एमालेका लालबहादुर थापाले ४८९९ मतले पछ्याइरहेका छन् । 

बानिया र थापाबीचको मतअन्तर १३५७ रहेको छ ।   प्रतिनिधि सभाका १६५ मध्ये १४३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले हालसम्मको मत गणनामा एक निर्वाचन क्षेत्रमा जित निकालेको छ । 

प्रतिक्रिया दिनुहोस