काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता बढाएका छन् । एमालेका श्याम कुमार घिमिरेसँग अहिले उनको १११ मतको दुरी छ । पछिल्लो अपडेट अनुसार पराजुलीको को चुनावचिन्ह घन्टीमा अहिलेसम्म ६ हजार ४ सय ४५ मत खसे्को छ । एमालेले ४ हजार३ सय ३४ मत ल्याएको छ ।
त्यसै नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यामीले २६९० ल्याएकी छिन् । यामी पराजुली भन्दा ७ सय ५१ मतले मात्र पछि छिन् । उनले २ हजार ६ सय ९४ भोट ल्याएकी छन् ।
अहिलेसम्म यस क्षेत्रमा १४ हजार ५ सय ७४ भोट गनि सकिएको छ । करिब ३६ हजार मत खसेको यो क्षेत्रमा अझै आधा भन्दा बढी मत गणना गर्न बाकी रहेकाले कसले बाजी मार्ने यसै भन्न नसकिने मतदान केन्द्रमा उपस्थित कार्यकर्ताहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस