aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

रेशम चौधरीको पार्टीले जितको खाता खोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
रेशम चौधरीको पार्टीले जितको खाता खोल्यो

काठमाडौं । रेशम चौधरीको नागरिक उनमूक्ति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कैलाली–३ बाट खाता खोलेको छ । उक्त निर्वाचन क्षेत्रमा गंगाराम चौधरीले विजयी प्राप्त गरेका हुन् । उनले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई समेत हराएर विजयी भएका छन्।

जम्मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये चौधरीले २३ हजार १ सय २० मत पाएका छन्। निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।
 

प्रतिक्रिया दिनुहोस