काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन्।श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए।
माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्।यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याउँदा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गरे।यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस