सर्लाही । नेपाली काँग्रेसबाट विद्रोह गरेर सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंहले अग्रता लिएका छन्। अहिलेसम्मको मतपरिणामअनुसार सिंहले ३५५८ मत ल्याएका छन्। यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले २८६० मत ल्याएका छन्।
अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले २६९९ मत ल्याएकी छन्। कांग्रेसले टिकट नदिएपछि अमरेशले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले २०७४ मा यो क्षेत्रबाट चुनाव जितेका थिए।
प्रतिक्रिया दिनुहोस