दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेखा शर्माले आफ्नो मतान्तर बढाएकी छन्। २० हजार ६७८ मत गणना हुँदा रेखाले ८ हजार ६१६ मत प्राप्त गरेकी छन् भने एमाले महासचिव शंकर पोखरेलले ६ हजार ८०८ मत प्राप्त गरेका छन्।
उनीहरूबिचको मतान्तर एक हजार ८०८ रहेको छ। रेखाले सुरुवातदेखि नै अग्रता लिएकी थिइन्। क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७४८ मतदातामध्ये ७९ हजार ४४६ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस