काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापाको क्षेत्र ५ बाट पराजित गर्न भनेर काठमाडौंबाट झापा झरेका वकिल र पत्रकारको अबस्था के छ भन्ने खबर आइरहको छैन । ओलीलाई पराजित गर्ने एक मात्र उद्देश्य बोकेर झापा झरेका लेखक तथा अभियन्ता युग पाठकले एक सय मत पनि कटाउन नसकेको अबर आएको छ । भने अर्का उम्मेदवार अधिवक्ता तुलसी काफ्लेले भने आफूले पाएको मत कति हो भनेर आफैलाई थाहा नभएको बताए ।
पुतली चिन्ह लिएर ओलीविरुद्ध चुनाव लडेका पाठकको भने जम्मा ३२ मत आएको छ । काफ्लेले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका थिए । उनीभन्दा अगाडि घण्टीका सुरेश पोखरेलले ९७८ र जनमत पार्टीका भीम राजवंशीले ३४६ मत पाएका छन् ।
त्यस्तै जसपाका ओममाया आङ्देम्बेको ५७, मंगोल नेशनल अर्गनाइजेशनका सानबहादुर मेचेको ५०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कवीन्द्र शेर्मा लिम्बुको ३४९ मत छ ।
प्रतिक्रिया दिनुहोस