सुनसरी । सुनसरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार मतगणनामा तेस्रो स्थानमा देखिएका छन् । उक्त क्षेत्रमा नेकपा एमालेकी भगवती चौधरीले पहिलो स्थान लिइरहेकी छिन् । चौधरीले १३१८ मत प्राप्त गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल मैनालीले पछ्याइरहेका छन् ।
मैनालीले ११२६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गच्छदारले ८५७ मत प्राप्त गरेका छन् । अहिले इटहरी उपमहानगरपालिका क्षेत्रबाट मतगणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस