aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

वागमती प्रदेशतर्फ एमालेका रामेश्वर श्रेष्ठ विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ मंसिर २०७९
वागमती प्रदेशतर्फ एमालेका रामेश्वर श्रेष्ठ विजयी

काठमाडौं । वागमती प्रदेशसभातर्फ पनि नेकपा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।ललितपुर क्षेत्र नम्बर २ (१) मा  श्रेष्ठले ८२९८ मत ल्याएर विजयी भएका हुन उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका धनराम केसीलाई ६८५० मत पाएका छन् । 

२०७४ को निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । दोस्रो पटक भने उनले मेयरको टिकट पाएका थिएनन । २०१८ साल असार १ गते ललितपुरको महालक्ष्मी- ५ टिकाथलीमा जन्मिएका श्रेष्ठ २०३५ सालमा अनेरास्ववियु संगठित भएर राजनीतिमा होमिएका थिए । एमबीए अध्ययन गरेका उनी २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस