काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेपछि सर्वोच्च पुनजरावेदनका लागि दायर गरेको छ ।
आयोगबाट विशेष अदालत, काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये घुसररिसवत सम्बन्धी(२ वटा मुद्दाहरुमा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको आयोगले जनाएको छ ।
आयोगले विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका घुस/रिसवत र भ्रष्टाचारका विषयमा रमेश ढकाल, कृष्णप्रसाद जैशी र किशोर कुमार मोक्तानको मुद्दामा भएको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको हो ।
प्रतिक्रिया दिनुहोस