नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट पश्चिमनवलपरासीको क्षेत्र नम्बर २ मा उम्मेदवार बनेको ध्रुवबहादुर प्रधान दोब्बर बढी मतले आफ्नो मतान्तर बढाएका छन् ।
यसअघि नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले जित्दै आएको यो क्षेत्रमा प्रधानले ६८९६ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले २८६४ मत, एमालेका दीपेन्द्र अधिकारीले १५२२ मत पाएका छन् ।
प्रदेशसभा १ मा पनि राप्रपाका उम्मेदवारले ४५८७ मतसहित अग्रता लिएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले २७३९ र लोसपाका उम्मेदवारले २०७८ मत पाएका छ ।
प्रतिक्रिया दिनुहोस