aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

डडेलधुराबाट भारी मतले विजयी भए शेरबहादुर देउवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
डडेलधुराबाट भारी मतले विजयी भए शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन् ।  

आयोगका अनुसार प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन् । 

नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन् । 

डडेल्धुराको निर्वाचन अधिकृतको कार्यालले कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको जनाएको छ । प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट निर्वाचन जित्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस