aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

भारत सरकारसँग खरिद गरेको मल अर्को साता आइपुग्ने

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, ०७ मंसिर २०७९
भारत सरकारसँग खरिद गरेको मल अर्को साता आइपुग्ने

काठमाडौं । जीटूजी सम्झौतामा भारतबाट ल्याउने भनिएको रासायनिक मल किन्ने प्रक्रिया सकिएसँगै आगामी सातादेखि मल नेपाल भित्रिने भएको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले मल नेपालसम्म ढुवानी गर्न बोरा प्याकिङ र लोडिङको काम गरिरहेको छ ।
 
हिउँदेबाली गहुँ, तोरी र आलुका लागि मल ल्याउन लागेकाले सक्दो चाँडो आइपुग्ने गरी काम गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ । पहिलो वर्ष १ लाख ७० हजार मेट्रिक टन मल ल्याउने गरी भएको सम्झौताअनुसार पहिलो खेपको पहिलो भेसलमा ३० हजार मेट्रिक टन युरिया ल्याउन लागिएको हो । कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटूजीबाट ल्याउन लागिएको मल ग्लोबल टेन्डरबाट ल्याइने मलभन्दा सस्तो पर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस