काठमाडौं । तनहुँको निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार डा. शंकर भण्डारी विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार भण्डारी ५ हजार ४ सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
भण्डारीले ३० हजार ६०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार १३० मत ल्याएर दोश्रो बनेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले ५ हजार ३७३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले १ हजार ४२१ मत प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस