aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

डडेलधुराबाट देउवा विजयी, फेरि प्रधानमन्त्री बन्ने बाटो खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
डडेलधुराबाट देउवा विजयी, फेरि प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट लगातार सातौँ पटक निर्वाचित भएका छन् । २०४८ सालदेखि निरन्तर जित्दै आएका छन् । देउवाले २५ हजार ५३४ मतका साथ देउवा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् । एमाले र बीपी कांग्रेसका साझा उम्मेदवार कर्ण मल्ल तेस्रो स्थानमा आए ।  त्यस्तै अर्का राष्ट्रिय प्रजातन्त्र पार्टी गोविन्द खडायतले  ७८४ ले पाएका छन् । 

 २९ असार, २०७८ मा सर्वोच्च अदालतबाट देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको थियो । देउवा २१ जेठदेखि १९ माघ २०६१ सम्म, ११ साउन २०५८ देखि १८ असोज २०५९ सम्म, २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म र २४ जेठदेखि ३ फागुन २०७४ सम्म प्रधानमन्त्री भएका थिए। उनी २०७४ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएका हुन्। २०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका छन्।
 

प्रतिक्रिया दिनुहोस