aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपालको पार्टीले पनि खाता खोल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
नेपालको पार्टीले पनि खाता खोल्यो

काठमाडौं । माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फको निर्वाचनमा पहिलो जीत निकालेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर  १९ हजार ५३४ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका हुन् । बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे  । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस