aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार ६ सय ४२ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार ६ सय ४२ पुगे

काठमाडौं । सरकारले ब्याज अनुदानमा प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४७ हजार ६ सय ४२ पुगेको छ । त्यसमध्ये ३ सय ९६ जनाले प्रतिव्यक्ति एक करोड रुपैयाँभन्दा बढी कर्जा लिएका छन् ।

२०७९र८० को तीन महिनासम्ममा ५-६ प्रतिशतको ब्याज अनुदानमा लाभ लिन सफल भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । २०७२ सालदेखि सरकारले उक्त ब्याज अनुदानमा यस्तो कर्जा उपलब्ध गर्दै आएको छ । एकै व्यक्तिले एक करोड सहुलियतपूर्ण कर्जा लिने ऋणी प्रदेश १ मा एनआईसी एसिया बैंकबाट ६४ जना ऋणी रहेका छन् 

ठूला रकमको यस्तो कर्जा अन्य वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट पनि लिएका छन् । सबैभन्दा बढी सहुलियत कर्जा कृषि बैंकका ऋणीले लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कृषि विकास बैंकले १४ हजार ९ सय ५१ जनालाई यस्तो कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस