aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

भक्तपुर क्षेत्र नं १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
भक्तपुर क्षेत्र नं १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ । यहि मङसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी भएका हुन । 

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार दुई सय १२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी भएको  मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद वास्तोलाले जानकारी दिए । एमालेका श्रेष्ठले आठ हजार दुई सय १२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार दुई सय एक र राप्रपाका राजु कुइँकेलले पाँच हजार नौ सय ४५ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस