aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सुनसरी–४ मा पछि परे सञ्चारमन्त्री कार्की, एमालेले लियो अग्रता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
सुनसरी–४ मा पछि परे सञ्चारमन्त्री कार्की, एमालेले लियो अग्रता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की सुनसरीको क्षेत्र नं. ४ मा पछि परेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ यहाँ एमालेका उम्मेदवारले अग्रता लिएपछि मन्त्री कार्की पछि परेका हुन् । 

पछिल्लो मतपरिणामानुसार यहाँ नेकपा (एमाले)का उमेदवार जगदीश कुसियैत अगाडि छन् ।

कुसियैतले ६ हजार १४३ मत प्राप्त गरेका छन् । कार्कीले पाँच हजार ५५४ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर ५८९ छ ।   

प्रतिक्रिया दिनुहोस