aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

बहालवाला मन्त्रीलाई हराउँदै पछाईले जुम्लामा जित निकाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
बहालवाला मन्त्रीलाई हराउँदै पछाईले जुम्लामा जित निकाले

काठमाडौं । प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया पराजित गर्दै एमालेका युवा नेता टेकराज पछाई जुम्ला प्रदेश सभा (ख) मा विजयी भएका छन् । पछाईले १ हजार ९३ मतको अन्तरले पराजित गरेका हुन् ।

२० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईको पक्षमा ७ हजार ८१५ मत आएको छ ।  गठबन्धनका रोकायले ६ हजार ७२२ मत प्राप्त गरे । एमाले नेता पछाई एमाले प्रदेश कमिटीको उपसचिव हुन् ।

प्रतिक्रिया दिनुहोस