काठमाडौं । पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफ्नो क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारसँगको मतान्तर घटाउँदै लगेका छन् । बास्कोटाले काभ्रे क्षेत्र नम्बर २ मा मतान्तर १०८ मा झारेका हुन्।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १२ हजार ४९३ मत ल्याउँदा बाँस्कोटाले १२ हजार ४८५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ४ हजार ६ सय ९५ मतसहित तेस्रो स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस