aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ मंसिर २०७९
काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको जित सुनिश्चित

काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनालको जित सुनिश्चित भएको छ । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले भन्दा उनले ४ हजार ९७७ बढी मत ल्याएका छन् । अब ४ हजार २९१ मत मात्रै गन्न बाँकी रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार खनालले १२ हजार ७६४ मत प्राप्त गरेका छन् । खनालका प्रतिस्पर्धी नेकपा एमालेका सर्वेन्द्र खनालले ७ हजार ७८७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ७ हजार ३८० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस